+
+

कुवेतमा हिमालय एयरलाइन्सले थाल्यो नियमित उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १२:४०

१ साउन, काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा उडान विस्तार गरेको छ । यो हिमालयको आठौं अन्तर्राष्ट्रिय गन्तव्य हो । गल्फमा छैटौं गन्तव्य हो । सिटी कुवेतका हिमालय एयरलाइन्सले गत शुक्रबार पहिलो उडान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति २२ः३२ मा उडेको जहाज कुवेतबाट शनिबार बिहान ९ः१७ मा काठमाडौं अवतरण गरेको थियो । कम्पनीले हरेक शुक्रबार काठमाडौं–कुवेत–काठमाडौं उडान गर्ने भएको छ । अरबी प्रायद्वीपको देश, कुवेत रोजगारी र व्यापारिक उद्देश्यमा बढी नेपाली जाने गन्तव्य हो ।

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । यससँगै हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बनेको छ ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एयरलाइन्सका लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहज हुने अपेक्षा रहेको उनले बताए । यस रुटमा एयरबस ३२० जहाज उड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?