+
+

हलिउड स्टुडियो प्यारामाउन्टले आमिर खानको ‘लाल सिंह चड्ढा’को वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:५८

काठमाडौं । हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले बलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘लाल सिंह चड्ढा’को समुद्रपार वितरण गर्ने भएको छ ।

यो फिल्म सन् १९९४ मा रिलिज भएको हलिउड अभिनेता टम ह्यांक्स अभिनित ब्लकबस्टर फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्मको हिन्दी संस्करणलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् भने अतुल कुलकर्णीले हिन्दीमा ‘एडप्टेसन’ गरेका हुन् ।

प्यारामाउन्टका अन्तर्राष्ट्रिय वितरण प्रमुख मार्क भाएनाले विज्ञप्तिमार्फत ‘लाल सिंह चड्ढा’लाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन लागेकोमा खुसी व्यक्त गरेका छन् ।

‘ओस्कार जितेको फिल्म फरेस्ट गम्पको यो रिमेकमा केही नयाँपन छ भन्नेमा हामी विश्वस्त छौं । विश्वका दर्शकलाई फिल्म देखाउने कुरामा हामी अधैर्य छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्यारामाउन्टका विश्व बजारीकरण र वितरण प्रमुखले पनि विज्ञप्तिमार्फत फिल्म लालसिंह चड्ढाले भारतीय संस्कृति र इतिहासलाई नयाँ शैलीबाट प्रस्तुत गर्ने उल्लेख गरेका छन् । ‘मूल क्लासिक फिल्म फरेस्ट गम्पजस्तै यो फिल्म पनि आशा र हृदयस्पर्शी कथावस्तुले भरिएको छ,’ उनले भनेका छन् ।

फिल्ममा आमिरसहित करिना कपुर, मोना सिंह र नागा चैतन्यको प्रमुख भूमिका छ । आगामी अगस्ट ११ मा फिल्म प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?