+
+

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ

सिंहदारबार उपसभामुखको कार्यकक्षमा पदभार, भनिन् : इमान्दारीपूर्वक काम गर्नेछु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १६:५९

१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

नवविर्चाचित उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगतै सिंहदारबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छन् ।

सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘उपसभामुख भएपछि जिम्मेवारी बढेको महसुस गरेको छु, संविधान कार्यान्वयनका लागि उपसभामुख पदबाट अपेक्षा इमान्दारीपूर्वक काम गर्नेछु’, पदभार ग्रहणका क्रममा उनले भनिन्, ‘चार महिना जति मेरो कार्यकाल छ, सदनलाई प्रभावकारी ढङ्गबाट बढाउन मद्दत गर्नेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?