+
+

कलैया उपमहानगरपालिकाले हटायो ४३ कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:०६

१ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले करार र ज्यालादारीमा काम गर्दै आएका ४३ जना कर्मचारीलाई सेवाबाट हटाएको छ ।

योजना तथा प्रशासन प्रमुख मुस्ताक अन्सारीका अनुसार आइतबारदेखि करारतर्फका ३९ र दैनिक ज्यालादारीमा काम गर्दै आएका ४ जना कर्मचारीको सेवा अन्त्य भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले असार ३१ गते नै सूचना जारी गर्दै उनीहरुलाई साउन १ गतेदेखि काममा नआउन जानकारी गराएका थिए ।

करार तथा ज्यालादारी कर्मचारीलाई भने ०७९ साउन १ गतेदेखि कामकाजमा नलगाउने निर्णय भएको पत्रमा उल्लेख छ । नगर प्रमुख विनोद साहको आदेशमा करार तथा ज्यालादारीका केही कर्मचारीलाई हटाइएको प्रमुख प्रसाशकीय अधिकृत साहले जानकारी दिए ।

उपमहानगरपालिका स्रोतका अनुसार निवर्तमान नगर प्रमुख राजेश राय यादवले राखेका करार र ज्यालादारीका अधिकांश कर्मचारी हटाइएका हुन् । वीरगञ्ज महानगरपालिकाले पनि ६४ जना दैनिक ज्यालादारी कर्मचारी हटाएको थियो ।

 

हेर्नुहोस् कलैया उपमहानगरपालिकाले जारी गरेको सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?