+
+

नक्कली दस्तखत गरेर अर्काको खाताको पैसा निकालेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १७:३२

१ साउन, काठमाडौं । चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं। ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने वर्ष २१ का वाशुदेव अर्याल रहेका प्रहरीले जनाएको छ । उनीमाथि ठगी तथा कीर्ते गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नक्कली छाप र सञ्चालक प्रकाशराज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंकको खाताबाट पटक पटक गरी १० लाख ३५ हजार रुपैयाँ निकालेको प्रहरीको दाबी छ ।

अर्यालले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?