+

प्याकेटफुड स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

२०८१ वैशाख  १७ गते १८:५३ २०८१ वैशाख १७ गते १८:५३
प्याकेटफुड स्वास्थ्यका लागि राम्रो कि नराम्रो ?

अनुसन्धानहरुले देखाएका छन्, कुनै पनि ग्राहकले खाद्यवस्तुको प्याकेट किन्न ६ देखि १० सेकेन्ड मात्र लिन्छन् । ग्राहकहरूले खाद्यवस्तु किन्दा प्रायः त्यसको म्याद सकिने मिति र यसको मूल्य हेर्छन् ।

खाद्यवस्तुको प्याकेटको पछाडिको भागमा धेरै महत्त्वपूर्ण जानकारी हुन्छन्, जुन पढ्न जानियो भयो भने सायद तपाईंले त्यो प्याकेटफुड किन्नु हुँदैन । तर त्यहाँ त्यो जानकारी यसरी लेखिएको हुन्छ कि ग्राहकले बुझ्न सक्दैनन्, कि यो वास्तवमै स्वास्थ्यको लागि राम्रो छ कि छैन भनेर ।

प्याकेटमा पोषण तथ्यहरू हेरेर भित्रको खानाको गुणस्तर मूल्यांकन गर्न सकिन्छ । कुनै चीज खरिद गर्ने आधार भनेको यसमा केही मात्रामा भिटामिन वा मिनरल्स हुन्छ । साथै अन्य तत्त्वको मात्रा स्वास्थ्यका लागि हानिकारक नहुने खालको छ भने मात्र फाइदा हुन्छ ।

खानाको लेबलिङ मानिसको आहार दुई हजार किलो क्यालोरी हो भन्ने मानेर गरिन्छ । यसलाई मापदण्डका रूपमा लिई प्रत्येक खाद्य प्याकेटमा सिफारिस गरिएको आहार मात्रा तोकिएको छ ।

सिफारिस गरेको आहार मात्रा

निर्देशनअनुसार कार्बोहाइड्रेटको सिफारिस गरिएको आहार मात्रा प्रतिदिन १३० ग्राम हो । मानौं तपाईंले प्रशोधित बदाम ३० ग्रामको एउटा प्याकेट खानुभयो भने लेबलअनुसार यसमा २४ प्रतिशत कार्बोहाइड्रेट समावेश हुन्छ । सिफारिस गरिएको आहार मात्राको यो १८ प्रतिशत हो ।

यसको अर्थ तपाईंले प्रशोधित बदामको एक मुठ्ठी प्याकेटबाट १८ प्रतिशत कार्बोहाइड्रेट पाउनुभयो । यदि तपाईंले १०० ग्राम बदाम खानुभयो भने दिनको ८० प्रतिशत कार्बोहाइड्रेट खानुभयो । यस्तोमा यदि तपाईंले दिनभरि कार्बोहाइड्रेट भएका अन्य चीजहरू खानुहुन्छ भने दैनिक रुपमा खानुपर्ने कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।

प्याकेटको पछाडि ‘सर्भिङ साइज’ लेबल लेखिएको हुन्छ । अन्य सबै जानकारी त्यो सर्भिङ साइजमा आधारित हुन्छ । खानाको प्याकेट लेबलहरूमा प्रति १०० ग्राम पोषक तत्त्व लेखिएको हुन्छ ।  यदि तपाईं एक पटकमा १०० ग्राम भन्दा बढी खाँदै हुनुहुन्छ भने त्यति नै मात्रामा पोषक तत्त्व शरीरमा प्रवेश गर्छ ।

खानामा जति पनि तत्त्वहरू हुन्छन्, त्यसलाई घट्दो क्रममा लेबलमा रेकर्ड गरिन्छ । अर्थात् जुन तत्त्व बढी मात्रामा हुन्छ त्यो पहिले लेखिन्छ, जुन तत्त्व सबैभन्दा कम मात्रामा हुन्छ त्यो अन्तिममा लेखिएको हुन्छ ।

प्योकटमा लेखिने कम्पोनेन्टहरू के हुन् ?

सबै खाद्य प्याकेटहरूमा यसको कम्पोनेन्ट र तिनीहरूको मात्राको बारेमा जानकारी दिनु आवश्यक हुन्छ । त्यहाँ भएको चारवटा कम्पोनेन्टमा धेरै ध्यान दिनुपर्छ । कुल फ्याट, स्याचुरेटेड फ्याट, नुन सोडियम र चिनी । यी तत्त्वहरूले तौल र रक्तचापमा परिवर्तन ल्याउन सक्छ, जसले हृदयरोग र स्ट्रोकको जोखिम पनि बढाउँछ ।

चिनी

चिनीमा कार्बोहाइड्रेट बाहेक अन्य कुनै पोषक तत्त्व हुँदैन । धेरै मात्रामा चिनीको सेवनले शरीरमा क्यालोरी बढ्छ र भोक लाग्दैन, जसले गर्दा स्वास्थ्य खानाको सेवन कम हुन्छ । साथै रगतमा चिनीको मात्रा सही राख्ने शरीरको क्षमता पनि प्रभावित हुन्छ ।

त्यसैले चिनी, मह, गुड, ब्राउन सुगर, फलफूलको जुस, जस्ता खानेकुरा कम खानुपर्छ । यीमध्ये कुनै पनि चिनी शरीरका लागि फाइदाजनक हुँदैन ।

जस्तै, एउटा जुसको प्याकेट लिनुहोस् । प्याकेट एक लिटरको छ भने लेबलमा जानकारी प्रति १०० एमएल लेखिएको हुन्छ । यसमा थप चिनी ८.३ ग्राम पनि हुन्छ, जुन शरीरको लागि आवश्यक छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ वयस्क व्यक्तिले दैनिक २५ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । यो लगभग ६ चम्चा चिनी बराबर हुन्छ । यसको मतलब एक सानो गिलास जुसबाट दैनिक सेवन गर्ने आधा चिनी प्राप्त हुन्छ ।

जुसको प्याकेटमा १८ मिलिग्राम भिटामिन सी हुन्छ र भिटामिन सीको आवश्यकता प्रतिदिन ४० मिलिग्राम हुन्छ । भिटामिन सीको लागि जुस पिउँदै हुनुहुन्छ भने चिनीले गर्ने हानि एउटा सानो गिलासबाट नै धेरै हुन्छ ।

नुन

उच्च रक्तचापको जोखिम कम गर्न सोडियमको मात्रा कम भएको खाना खानुपर्छ । नुनको मात्रा नभएको जस्तो लाग्ने खानेकुरा केक, बिस्कुट, पाउरोटी लगायतका खानामा पनि थप नुनको प्रयोग भएको हुन्छ । एक वयस्कले प्रतिदिन ५-६ ग्राम भन्दा बढी नुन खानु हुँदैन । यो लगभग एक चम्चा बराबर हुन्छ ।

केही उत्पादनमा नुनको सट्टा तिनीहरूको लेबलमा सोडियम हुन्छ । यदि यस्तो लेबल छ भने नुनको मात्रा थाहा पाउन सोडियमको मात्रालाई २.५ ले गुणन गर्नुपर्छ । सोडियमको मात्रा प्रतिदिन २३ सय मिलिग्राम वा २.३ ग्राम भन्दा कम हुनुपर्छ ।

विश्व स्वास्थ्य संगठनको भर्खरैको प्रतिवेदनले भारतमा १८ करोड ८० लाख मानिसलाई उच्च रक्तचाप भएको देखाएको छ, तर ३७ प्रतिशतले मात्रै यसको बारेमा थाहा पाउँछन् । तीमध्ये ३० प्रतिशतले मात्रै उपचार गरिरहेका छन् ।

फ्याट

खाद्य प्याकेटहरूमा स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको मात्रा पनि हेर्नुपर्छ । स्वस्थ आहारका लागि स्याचुरेटेड फ्याट कम गर्नुपर्छ र ट्रान्स फ्याटको सेवनबाट पूर्णतया बच्नुपर्छ ।

स्याचुरेटेड फ्याट जस्तै बटर, नरिवल तेल आदि । जैतुनको तेल, तोरीको तेल भने अनस्याचुरेटेड फ्याट हुन् । उदाहरणका लागि चिप्सको १०० ग्रामको प्याकेटमा ५५५ किलो क्यालोरी हुन्छ । ५१ ग्राम कार्बोहाइड्रेट र ३५ ग्राम फ्याट हुन्छ । यदि तपाईं दिनभरिमा दुई हजार किलो क्यालोरी आहार लिनुहुन्छ भने त्यसमा २०–३५ प्रतिशत फ्याट अर्थात् ४४–७८ ग्राम बोसोको मात्र हुनुपर्छ । अब हेर्नुहोस्, चिप्सको एउटा प्याकेटबाट तपाईँले ५५५ किलो क्यालोरी र ३५ ग्राम फ्याट पाउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार शरीरमा अत्यधिक बोसो जम्मा हुँदा धेरै रोगको जोखिम बढ्छ । जस्तै १३ प्रकारका क्यान्सर, मधुमेह, मुटु र फोक्सोसँग सम्बन्धित रोग र कहिलेकाहीं मृत्युको कारण पनि बन्ने गरेको छ । गत वर्ष मोटोपनका कारण विश्वभर २८ लाखको मृत्यु भएको थियो ।

फाइबर

एक सर्भिङमा ५०० ग्राम फाइबर भएको खानेकुरा खानुपर्छ । यदि १०० ग्राम उत्पादनमा ६ ग्राम भन्दा बढी फाइबरको मात्रा छ भने त्यो बढी हुन्छ । त्यसकारण जब तपाईं खानाको प्याकेट किन्न जानुहुन्छ, त्यसको लेबल पढ्न केही समय निकाल्नुहोस् ताकि तपाईंले आफ्नो र आफ्नो परिवारको लागि सही छनोट गर्न सक्नुहुन्छ ।

बीबीसीबाट  

खानेकुरा प्याकेटफुड स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता