+

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

२०८३ वैशाख  ११ गते १०:४५ २०८३ वैशाख ११ गते १०:४५
विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

११ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम दर्ता सूचीबाट हटाइएको काउन्सिले जानकारी दिएको छ ।

उनीहरूले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण दर्ता किताबबाट नाम दर्ता खारेजी गरिएको काउन्सिलले उल्लेख गरेको छ ।

यसरी नाम हटाइनेमा बेलायत, अमेरिका, क्यानडा, हङकङ, अस्ट्रेलिया, पोर्चुगल र भारतको राहदानी लिएका चिकित्सकहरु रहेका छन् ।

डाक्टर दर्ता मेडिकल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय