+
+

गरगहना चोरी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १३:३२

२ साउन, मोरङ । गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १३ बस्ने १८ वर्षीय विवेक कामत रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले २ तोलाको मंगलसुत्र-१ थान, घाँटीमा लगाउने चेन, कानमा लगाउने झुम्का, औठी, तिलहरी, पाउजु र ४६ हजार नगद बरामद गरेको छ ।

पक्राउ परेको उनीमाथि चोरी कसूरमा ५ दिन म्‍याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?