+
+

नेप्से करिब १ प्रतिशतले बढ्यो, १ अर्ब ३१ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १५:२३

२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७९/८० को दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा अन्तिमा समयमा दोहोरो अंकले वृद्धि भएर बन्द भएको हो ।

सोमबार नेप्से १८.०३ अंक (०.९० प्रतिशत) ले बढेर २०२९.४३ अंकमा बन्द भएको छ । सामूहिक लगानी कोष र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । व्यापार उपसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले वृद्धि भएको छ ।

नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम भने बढ्न सकेन । आइतबार १ अर्ब २३ करोड २५ लाखको कारोबार भएको बजारमा सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३५ लाखको कारोबार भएको छ । यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाखको कारोबार भएको छ ।

सोमबार धेरै मूल्य बढ्नेमा बरुण हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा इमर्जिङ नेपालको सेयरमूल्य ९.६२ प्रतिशतले बढेको छ । यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सवार्धिक ५.९० प्रतिशतले गिरावट हुँदा कुमारी इक्युटी फण्डको इकाइमूल्य ५.७६ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा स्वाबलम्बन लघुवित्तको सेयरमूल्य २.९१ प्रतिशतले घटेको छ ।

कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा १४३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?