+
+

‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज, प्रियंका र सृष्टिको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १५:१९

काठमाडौं । फिल्म ‘राधा’को तीज गीत ‘पाउमा पाउजु’ रिलिज भएको छ । पतिको दीर्घायुको कामना गर्दै उपवास बस्ने साउन महिनाको पहिलो सोमबारको छेकोमा गीत सार्वजनिक भएको हो ।

गीत सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रिउ उपस्थित रहे । ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरि लै’ बोलको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठले छमछमी नृत्य गरेका छन् ।

गत साता पशुपति वृद्धाश्रममा छायांकन गरिएको यो गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर समावेश गीतलाई कालीप्रसाद बाँस्कोटाले संगीतबद्ध गरेका हुन् ।

भदौ १० गते रिलिज हुने यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । फिल्ममा सृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक र बुद्धि तामाङको मुख्य भूमिका छ ।

दयाहाङ राई, सौगात मल्ल र निश्चल बस्नेत पनि फिल्ममा अतिथि भूमिकामा छन् । यही फिल्मबाट सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । फिल्ममा सौगातसहित देवकी विष्ट, हिराल जोशी लगायत निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?