+
+

कैलालीमा बसको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १०:००

३ साउन, धनगढी । कैलालीमा बसको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले ठक्कर दिंदा घाइते भएका जिल्लाको गौरीगंगा नगरपालिका-२ कटान बस्ने ४६ वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसले गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा ठक्कर दिएपछि गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मंगलबार बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

बस र चालक धनगढी उप-महानगरपालीका-१ पुष्पलाल चोक बस्ने ४३ वर्षीय दीप श्रेष्ठलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?