+
+

बाबुरामजीले गठबन्धन छोड्दिन भन्नुभएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १५:०९

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए ।

‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ उनले भने, ‘(जसपाबाट) अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ ।’

जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ । डा. भट्टराई पक्षको भेलाले पनि पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?