+
+

‘प्रकाश’को मर्मस्पर्शी ट्रेलर : सशस्त्र द्वन्द्वको घाउदेखि जुम्लाको तन्नेरी सपनासम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १७:०२

काठमाडौं । फिल्म ‘प्रकाश’को मर्मस्पर्शी ट्रेलर रिलिज भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी लगायत चित्रित छन् । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा प्रस्तुत छ ।

ट्रेलरले चरित्र र द्वन्द्व स्थापना गरेको छ । मुख्य पात्रको भूमिकामा देखिएका प्रदीपले सरकारी शिक्षक बन्न गरेको संघर्षलाई चित्रण गरेका छन् । अभिनेत्री मास्केले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी महिला चरित्रमा अभिनय गरेकी छन् ।

डेब्यु गर्ल रेणु प्रदीपकी लभ इन्ट्रेस्ट चरित्रमा प्रस्तुत छिन् । निर्देशक दिनेश राउतले ट्रेलरमा सशस्त्र द्वन्द्वको परिवेशमा जुम्लाले भोग्नुपरेको आर्थिक र सामाजिक विभेदलाई चित्रण गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले यो फिल्म जुम्लाको मात्र नभएर समग्र नेपालकै यथार्थ भएको बताए । अभिनेता खड्काले फिल्म प्रकाशलाई आफ्नो पुनर्जन्म भएको रुपमा उल्लेख गरे । अभिनेत्री मास्केले ‘प्रकाश’ आफ्नो करिअरकै सबैभन्दा कठिन प्रोजेक्ट रहेको बताइन् ।

यही फिल्मबाट फिल्ममा डेब्यु गरेकी योगीले छायांकन समयको अनुभव बाँडिन् । उनको प्रशंसामा बोल्दै अभिनेत्री मास्केले रेणुको डेब्यु भए पनि नयाँ कलाकारजस्तो महसुस नहुने बताइन् ।

भदौ १० गते रिलिज हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । अस्ट्रेलियामा बसोबास गर्दै आएका महेन्द्र अधिकारीले निर्माण गरेको फिल्मले अहिले प्रचारप्रसार पनि सुरु गरिसकेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?