+
+

भित्री सहरलाई उपयोगी तीन दमकल आए, थप किन्न १२ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १७:५८

३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले भित्री सहरका लागि उयपयोगी ३ वटा दमकल ल्याएको छ । काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो ।

एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान शाक्यका अनुसार ३ हजार लिटर क्षमताका यी दमकलले ६० मिटरसम्म पानीको फोहोर फाल्न सक्छ ।

‘अहिले हामीले ३० मिटर परसम्म मात्रै फोहोरा हान्ने दमकल प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘यो अहिले प्रयोगमा रहेकोभन्दा सानो आकारको हो ।’

यी ३ वटा दकमल न्युरोड, बालाजु र रामहिटीको दमकल स्टेसनमा राखिने भएको छ । महानगरले यो वर्ष थप १२ करोड रुपैयाँ दमकल किन्न छुट्याएको छ ।

अहिले महानगरसँग रहेका धेरै दमकल प्रयोग गर्न नसकिने अवस्थामा रहेकाले थप दमकल ल्याउन लागिएको शाक्यले बताए ।

उनका अनुसार महानगरले भित्री शहरमा लागि उपयोगी हुने अग्नि नियन्त्रक पम्पहरु पनि किन्ने छ । त्यस्ता पम्पलले स्थानीय क्षेत्रमा उपलब्ध ट्यांकी र पोखरीबाट पानी तानेर आगो निभाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?