+
+

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १०:३९

४ साउन, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ४ साउन बुधबारदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्ङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहावबाट  २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?