+
+

यो संसारकै पातलो घडी, मूल्य २३ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १२:५७

काठमाडौं । स्विस लक्जरी घडी कम्पनी Richard Mille ले संसारकै सबैभन्दा पातलो घडी सार्वजनिक गरेको छ ।

उक्त घडीको नाम RM-UP-01 राखिएको छ । इटालियन लग्जरी स्पोर्टस् कार निर्माता कम्पनी फरारीसँगको सहकार्यमा यो घडी निर्माण गरिएको हो ।

यो घडी यति धेरै पातलो छ कि यसको मुख्य भागभन्दा यसको फित्ता मोटो देखिन्छ । घडीको मोटाइ १.७५ मिलिमिटर छ । यो घडीको वजन फित्ता सहित केवल ३० ग्राम छ ।

यो घडीमा दुईवटा क्राउन राखिएको छ । एउटा क्राउनको प्रयोग ह्याण्ड सेटिङ्गका लागि र अर्को क्राउनको प्रयोग त्यसलाई एक्टिभेट गर्नका लागि हुन्छ ।

कम्पनीका अनुसार यो घडी बनाउनका लागि ६ हजार घण्टा लागेको थियो । यसमा ४५ घण्टाको पावर रिजर्भ छ ।

यो घडीमा रिचार्ड मिलीको लोगोसँगै टाइटेनियम सतहमा फरारीको लोगो पनि राखिएको छ ।

कम्पनीका अनुसार यो मोडेलका केवल डेढ सय घडीमात्रै उत्पादन गरिएको छ । यो मोडेलको एउटा घडीको मूल्य १८ लाख ८० हजार डलर अर्थात् २३ करोड रुपैयाँ भन्दा धेरै छ ।

यो घडीलाई यति धेरै पातलो बनाउनका लागि कम्पनीले यसको पाटपुर्जालाई एकै ठाउँमा राख्नुको साटो सतहको क्षेत्रफलभरी यत्रतत्र राखेको छ ।

यसअघि सबैभन्दा पातलो घडी बनाउने कीर्तिमान बुल्गारी कम्पनीको नाममा थियो । उसले १.८० मिलिमिटर मोटो घडी तयार गरेको थियो । जसको नाम Octo Finissimo Ultra राखिएको थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?