+
+

पाहुना बनेर यो देशमा जाँदै हुनुहुन्छ ? खबरदार नुन नमाग्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:३४

संसारका हरेक देशका फरक फरक रीति रिवाज तथा परम्पराहरु छन् जसलाई मानिसहरूले सदियौंदेखि अबलम्बन गरिरहेका हुन्छन् । यदि भुलबस कुनै मानिसले त्यस्ता रीरिरिवाज तोड्ने कोसिस गर्‍यो भने ऊ समस्यामा फस्न सक्दछ । अहिले बाहिरी मान्छेका लागि यस्तो कार्य झनै जोखिमपूर्ण हुनसक्दछ ।

दुनियाँमा एउटा यस्तो देश छ जहाँ तपाईंले खानामा नुन अलिनो भयो भनेर थप छुट्टै नुन माग्न सक्नुहुन्न । यदि त्यसरी थप नुन माग्नुभयो भने त्यसलाई तपाईंको आतिथ्यता गर्ने मानिसले अपमान सम्झिनेछन् ।

यस्तो अनौठो प्रचलन रहेको देश इजिप्ट हो । त्यहाँ तपाईंले आफ्नो जिब्रोको स्वादलाई ठिक्क बनाउनका लागि पस्किएको खाने कुरामा राख्न थप नुन माग्नु भनेको समस्यामा पर्नु हो ।

वास्तवमा यसरी नुन माग्नुलाई त्यहाँ खराब मानिन्छ । यसले केवल पाहुनाको बेइज्जती मात्र हुँदैन खानाको अपमान पनि मानिन्छ ।

यदि तपाईं इजिप्टमा कसैको घरमा पाहुना लाग्न जानुभएको छ र त्यहाँ तपाइँका लागि खानेकुराहरू पस्किइएको छ भने तपाईंले जस्तो त त्यसैलाई मिठो मानेर खानु पर्दछ । यदि त्यसमा तपाईंले अलग्गै थप नुन हाल्नुभयो भने त्यसबाट आतिथ्यता गर्ने मानिस रिसाउन सक्दछ र आफ्नो अपमान भएको सम्झिन्छ ।

घरमा पाहुना लाग्न जाँदा मात्र होइन होटल तथा रेष्टुुरेन्टमा पनि त्यहीँ चलन छ । होटल रेष्टुरेन्टका टेबलमा थप नुनको भाँडो (साल्ट स्प्रिंकलर) राखिएको भएतापनि त्यसबाट आफ्नो खानामा नुन झार्ने काम प्रायः कसैले पनि गर्दैनन् । यदि कसैले त्यसो गरिहाल्यो भने रेष्टुरेन्टका कर्मचारी तथा अन्य पाहुनाले समेत घुरेर हेर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?