+
+

चन्द्रमासम्मै जानेछ जापानको बुलेट ट्रेन !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १४:२८

४ साउन, काठमाडौं । जापानले एक निकै महत्वपूर्ण तथा ठूलो योजनामा काम गरिरहेको छ । जापानले पृथ्वीबाट एक बुलेट रेल चलाउनेछ जसले मानिसहरुलाई चन्द्रमासम्म पूराउनेछ ।

यो रेल पहिले चन्द्रमासम्म पुग्नेछ । यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । अर्थात् मानिसहरु एक कृत्रिम अन्तरीक्ष आवासमा रहनेछन् जसको वातावरण पृथ्वीजस्तै तयार गरिनेछ ।

कृत्रिम अन्तरीक्ष आवास (आर्टिफिसियल स्पेस ह्याबिटाट) मा गुरुत्वाकर्षण बल तथा वायुमण्डलको संरचनामा विशेष ध्यान दिइनेछ ता कि त्यसले मानिसको मांसपेशी तथा हड्डी कमजोर नहोउन् ।

आम रुपमा कम गुरुत्वाकर्षणयुक्त क्षेत्रमा बस्दा मानिसको सरीरका मांसपेशी तथा हड्डीहरु कमजोर हुने गर्दछन् ।

विश्वमा एकातर्फ अमेरिका पुनः चन्द्रमामा जाने योजनामा छ भने चीनले मंगल ग्रहमा खोज गरिरहेको छ । रुस र चीन मिलेर चन्द्रमाका लागि संयुक्त मिसनको योजना बनाइरहेका छन् । उता जापान तथा बुलेट ट्रेन र कृत्रिम अन्तरीक्ष आवासको योजना बनाएको हो । यसमा मानिसहरु छिटै नै कुनै अन्य ग्रहमा बस्न सहज हुनेछ ।

शताब्दीको अन्त्यसम्ममा चन्द्रमा र मंगलमा बस्ती

ग्लास अर्थात् सिसाको आवास यस्तो ठूलो कोलोनी हुनेछ जसमा मानिसहरुको बसोबास हुनेछ ।

उक्त कोलोनी चन्द्रमा तथा मंगल ग्रहमा बनाइनेछ । उक्त कोलोनीका सिसाघरभित्र सहजै बस्न सकिनेछ तर बाहिर निस्किँदा स्पेस शूट लगाउनु पर्नेछ । त्यहाँ अन्य दैनिक जिवनका क्रियाकलाप सहजै हुने अपेक्षा गरिए तापनि बच्चा जन्माउने जस्ता कार्यहरु कत्तिको असहज हुन्छन् भन्ने पत्ता लगाउनु हालका लागि सम्भव छैन । एक्काइसौँ सताब्दीको उत्तरार्धसम्ममा चन्द्रमा र मंगल ग्रहमा वस्ती बसाल्न सम्भव हुने वैज्ञानिकहरुको विश्वास छ ।

जापानको क्योटो विश्वविद्यालय तथा काजिमा कन्स्ट्रक्सनले संयुक्त रुपमा चन्द्रमा र मंगलसम्म बुलेट रेल चलाउने र सिसाको आवास बनाउने योजना तयार पारेका हुन् । ग्लास सोलीजस्तो एक आवास स्थान हुनेछ जसमा कृत्रिम गुरुत्वाकर्षण बल हुनेछ । उक्त वस्तीमा सार्वजनिक यातायातको सुविधा हुनेछ ।

रुख विरुवाले हरियाली हुने त्यस ठाउँभित्र नदी लगायतका जलश्रोत तथा पार्क लगायतका मानिसलाई आवश्यक सबै चिज हुनेछन् । उक्त भवन करीब १३ सय फिट लामो हुनेछ । सन् २०५० सम्ममा त्यसको नमूना अर्थात् प्रोटोटाइप तयारी हुने वैज्ञानिकको भनाई छ । त्यसको अन्तिम रुप भने यो सताब्दीको अन्त्यसम्ममा आउन सक्नेछ ।

चन्द्रमामा बन्ने सिसाको कोलोनीको नाम लूना ग्लास हुनेछ र मंगलमा हुने यस्तो कोलोनीको नाम मार्स ग्लास हुनेछ ।

ये है वो ग्लास हैबिटेट, जिसमें इंसान चांद और मंगल ग्रह पर रहेंगे. इसके ही अंदर से अन्य ग्रहों के लिए हेक्साकैप्सूल निकलेंगे. (फोटोः क्योटो यूनिवर्सिटी)

क्योटो विश्वविद्यालय र काजिमा कन्स्ट्रक्सनले स्पेस एक्सप्रेस नामक बुलेट ट्रेन पनि बनाइरहेका छन् । उक्त रेल पृथ्वीबाट चन्द्रमा तथा मंगल ग्रहका लागि छुुट्नेछ । यो एक अन्तर ग्रह परिवहन प्रणालीको रुपमा रहनेछ । उक्त बुलेट ट्रेनको नाम हेक्जाट्रयाक राखिएको छ ।

यो रेलले लामो दूरीको अन्तरीक्ष यात्रामा समेत १जी गुरुत्वाकर्षणको क्षमता कायम राख्न सक्नेछ । ताकि लामो समयसम्म शून्य गुरुत्वाकर्षणको असर त्यसभित्र रहेका यात्रुहरुले भोग्नुपर्ने छैन ।

हेक्साट्रयाक मा हेक्जा क्याप्सुल पनि हुनेछ । सो क्याप्सुल षटकोण आकारको हुनेछ । यो १५ मिटर लामो मिनी क्याप्सुल हुनेछ । साथै त्यसमा ३० मिटर लामो ठूलो क्याप्सुल पनि हुनेछ जसले चन्द्रमा र मंगलको यात्रा गराउनेछ । यो रेल पृथ्वीबाट चन्द्रमा हुँदै मंगलसम्म पुग्नेछ । यो क्याप्सुल विद्युत चुम्बकीय प्रविधिमा चल्नेछ । जस्तो जर्मनी तथा चीनमा मेगलेभ रेल चल्दछ ।

पृथ्वीमा निर्माण हुने ट्रयाक स्टेशनको नाम टेरा स्टेशन हुनेछ । यो रेल स्टाण्डर्ड गेजको ट्रयाकमा चल्नेछ जसमा ६ वटा डिब्बा हुनेछन् । पहिलो र अन्तिम डिब्बामा रकेट बुस्टर जडान हुनेछ ।

यसले रेललाई अगाडि र पछाडि लैजाने र अन्तरीक्षमा गति घटबढ गराउन सकिन्छ । साथै पृथ्वी र चन्द्रमा तथा मंगलको गुरुत्वाकर्षणको हिसाबले यसले का मगर्नेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?