+
+

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १९:४०
फाइल तस्वीर

४ साउन, काठमाडौं । विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी (पासपोर्ट) विश्वकै कमजोर सूचीमा परेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ७औं स्थानमा देखिएको छ ।

पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।

नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

विश्वभरिका देशहरुको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा पुछारमा अफगानिस्तान रहेको छ ।

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ ।

जापानसहित सिंगापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकको अग्रस्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?