+
+

सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:२४

काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ल्याएको छ । बैंकका अनुसार मुद्दती योजनाहरुमा दोब्बर प्लस र तेब्बर प्लस रहेका छन् ।

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहेनतको कमाइलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश लाख रुपैयाँसम्मको जीवन बीमा सुविधा (रिलायन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा) र दश लाख रुपैयाँको दुर्घटना बीमा सुविधा (अजोड इन्स्योरेन्ससँगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा सञ्चित रकमको ९० प्रतिशतसम्म ऋण सुविधाव कुनै झन्झट विना उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?