+
+

मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, करेक्सनसहित बन्द भयो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:२०

५ साउन, काठमाडौं । मौद्रिक नीति आउनु अगाडि ‘पर्ख र हेर’को रणनीतिमा लगानीकर्ता पुग्दा बिहीबार सेयर बजारमा सामान्य करेक्सन आएको छ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको पहिलो दिनबाटै बजार बढिरहेको थियो । यद्यपि ठूलो अंकले बढेको थिएन ।

बजारमा बिहीबार ५.८७ अंकको करेक्सन आयो । यसले बजार २०४४.७२ बिन्दुमा झरेको छ । बिहीबार कुल २२५ कम्पनीको २७ हजार ५२२ वटा कारोबारबाट ३९ लाख ८ हजार ३९५ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ र ‘अन्य’बाहेक सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै व्यापार उपसमूहका लगानीकर्ताले गुमाएका छन् ।

बिहीबार सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेर ३२६ रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स डिभेन्चरको सेयर मूल्य सबैभन्दा धेरै ६.७१ प्रतिशतले घटेको छ । बिहीबार शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?