+
+

खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १९:३५

५ साउन, सुर्खेत । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् ।

मेयर शाहीलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा एमाले विभाजित हुँदा शाही एकीकृत समाजवादीमा लागेका थिए । तर स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

शाही समाजवादीमा पुनः फर्किएसँगै स्थानीय तहमा एकीकृत समाजवादीको थप एक सिट बढेको छ । मेयर शाहीले आफू पहिलेदेखि नै एकीकृत समाजवादी रहेको र आजबाट पुनः पाटीमै फर्किएको बताए ।

‘म पहिलादेखिनै एकीकृत समाजवादीमा थिएँ । पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट लडेको थिएँ । आज अध्यक्षज्यूले पुनः स्वागत गर्नुभएको छ’, मेयर शाहीले भने ।

उनी एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए । स्थानीय तहको चुनावमा स्वतन्त्र उठेका उनलाई नेकपा माओवादी र एकीकृत समाजवादीको समर्थनमा चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?