+
+
फ्राइडे रिलिज :

हलमा ‘शमशेरा’ : आदिवासी स्वतन्त्रताको लागि लड्ने योद्धाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते ११:२०

काठमाडौं । ‘कबड्डी ४’पछि नेपाली बक्स अफिस सुख्खा भइरहँदा प्रतीक्षित बलिउड फिल्म ‘शमशेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा रणवीर कपुरको मुख्य भूमिका छ ।

२ घण्टा ३९ मिनेट लामो फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ । यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ ।

फिल्ममा रणवीर शमशेरा र बल्ली नामक दुई चरित्रमा प्रस्तुत छन् । सुद सिंह अर्थात् खलपात्रको भूमिकामा सञ्जय दत्त छन् भने वाणी कपुर सोनाको रोलमा ।

१८०० इस्वीको भारतलाई कथावस्तुमा बुनिएको छ । यो फिल्मलाई एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको छ । करिअरमा अफट्रयाक पात्रमा आफूलाई चित्रण गर्दै आएका रणवीर पहिलोपटक बलिउडलको मूलधारले परिभाषित गर्नेजस्तो म्याचो चरित्रमा प्रस्तुत छन् ।

रणवीरको ट्रेन्डसेटरको फिल्मको रुपमा यसलाई लिइएको छ । यसबाहेक नेपाली हलमा हलिउड फिल्म थोरः लभ एण्ड थन्डर’, कबड्डी ४, सम्झना बिर्सना, मिनिअस : राइज अफ गुरु प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?