+
+

मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १४:२८

साउन । मेगा बैंक नेपाल लिमिटेडले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक-से-एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ ।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ-कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ ।

यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित पि्रपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?