+
+

आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते २०:२६

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दावी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दावी गरे ।

‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन’ प्रचण्डले भने ।

प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?