+
+

राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १९:१५
थापाथलीस्थित खाद्य संस्थानले प्रयोग गरिरहेको भवन ।

७ साउन, काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति भयो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरू ध्वस्त भए । नौ हजारभन्दा बढी मानिसको मृत्यु भएको भूकम्पपछि नेपालसामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो ।

रातारात घरबारविहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारविहीन छन् । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरू भग्नावशेषको रुपमा रहेका छन् ।

राजनीतिक खिचातानिका बीचमै कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्योभन्दा फरक छैन ।

भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन ।

यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जीर्ण छन् ।

काठमाडौं महानगरपालिकाको बागदरबार ।

कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा  छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए ।

केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो ।

जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने
प्रयास गरेको छ ।

तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।
बागदरबारको भत्केको भवन र कागजपत्र ।
पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।
पुल्चोकस्थित जीर्ण भवनले बनाएको भवन अधिकार आयोगको अस्तव्यीत प्रतिक चिह्न ।
पुल्चोकस्थित केही बर्षअघि मानव अधिकार आयोग रहेको भवनको प्रवेशद्वार ।
पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको पुरानो भवन ।
त्रिचन्द्र कलेज ।
सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन भुकम्पले चर्केपछि ।
सिंहदरवारस्थित पुरानो संसद भवन ।
डिल्लीबजारस्थित जेलको भवन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?