+
+

लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

रासस रासस
२०७९ साउन ७ गते ११:४५

७ साउन, रुपन्देही । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?