+
+

समानुपातिकमा २० देखि २५ सिट कसैले रोक्न सक्दैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १५:२४

७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताए ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौं थाहा छ ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन ।’

नेता नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन आग्रह गरे । ‘सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो’ उनले भने ।

स्थानीय तह निर्वाचनमा गठबन्धन भएपछि जितिहालिन्छ भनेर मिहिनेत कम गर्दा गठबन्धनबाट पनि धेरै सहयोग नपाएको अध्यक्ष नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?