+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते ११:३३

८ साउन, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?