+
+

‘केजीएफ’ वितरण गरेको जर्मनीको लोकाह कम्पनीले ‘प्रेमगञ्ज’लाई युरोपमा रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:१५

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’ नेपालसहित युरोपमा रिलिज हुने भएको छ । ‘कबड्डी ४’पछि स्वदेशसहित युरोपका अधिकांश देशमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माताका अनुसार व्यावसायिक युरोपेली हलमै फिल्म प्रदर्शन हुनेछ । जर्मनीको लोकाह फिल्म इन्टरटेनमेन्टले प्रदर्शन अधिकार खरिद गरिसकेको छ ।

कम्पनीको आधिकारिक वेबसाइटका अनुसार यही कम्पनीले दक्षिण भारतीय फिल्म ‘केजीएफ ः च्याप्टर २’लाई पनि युरोपमा वितरण गरेको थियो । सन् २०१८ देखि कम्पनीले दक्षिण भारतीय फिल्मलाई त्यहाँ वितरण गर्न सुरु गरेको हो ।

‘अन्तर्राष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौं, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’ निर्देशक परिच्छेद सेनले भने ।

फिल्मको भारत वितरण भने ड्रिम्स थिएटर मोसन पिक्चरले गर्ने भएको छ । फिल्मबाट व्यावसायिक मुनाफाभन्दा पनि नेपाली फिल्मको बजार खोजी गर्नु आफ्नो उद्देश्य रहेको सेनले बताए ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी, सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का, पवन भट्टराई, नरेश पौडेल लगायतको अभिनय छ ।

स्पट ब्वायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोड रुपैयाँ लगानीमा बनेको हो । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?