+
+

सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १९:२२

८ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए ।

खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो । प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?