+
+

साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते ८:५८
नेपाली टोलीका कप्तान आयुष घलान । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

९ साउन, काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ ।

राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु रहेको छ ।

भुवनेश्वरमा आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले प्रतियोगिताको लागि तयारी राम्राे भएको र ३ अंकका लागि खेल्ने बताए ।

यस्तै नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भने साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने गरी तयारी गरेकाे बताएका छन् । करिब २ महिनादेखि टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताए ।

कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

नेपाली टिममा सिनियर टिमका सदस्य आयुषसहित ए डिभिजन लिग खेलेका सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आशिष राई, दीपेश गुरुङ लगायत शीर्ष श्रेणीको लिग खेलेका अनुभवी खेलाडी समेत छन् ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताएका छन् ।

नेपाल र माल्दिभ्स यो स्तरमा यसअघि दुई पटक खेलेका छन् । सन् २०१७ मा नेपालले माल्दिभ्सलाई हराएकाे थियाे भने २०१९ मा बराबरी खेलेकाे थियाे ।

सोमबारै श्रीलंका र बंगलादेशबीच पनि खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?