+
+

नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते ११:५१
फिल्म उचाईको छायांकनका क्रममा बलिउड अभिनेताहरु अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा लगायत

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।

नेपालमा तीन साता खिचिएको फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरिएको नेपाल व्यवस्थापन हेरिरहेकाहरु बताउँछन् । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा पेश गर्छ ।

नेपालको पर्यटनलाई पनि यो फिल्मले टेवा पुर्‍याउन सक्ने आशा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?