+
+

मौद्रिक नीतिपछि दुई दिनमा ११५.५ अंकले बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १५:३४

९ साउन, काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४.४५ अंकले बढेको बजार २१३२.९६ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २१४ कम्पनीको ६४ हजार २३१ वटा कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भएको छ । यस दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । सोमबार ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्योदय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोर्दी हाइड्रो, मानुषी लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको हो । एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?