+
+

प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २१:२०

९ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवको विरुद्धमा नाराबाजी गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गरजस्ता नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई एमसीसीको मतियारसमेत भनेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?