+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

स्रोत नखुलेको झण्डै २४ लाखसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २१:१३

९ साउन, जनकपुरधाम । धनुषामा प्रहरीले स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयासहित सोमबार साँझ एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारका १९ बर्षीय अब्दुल समी छन् । बीआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका समीलाई जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुँवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

समीको शरीर खानतलासी गर्दा उनको साथबाट २३ लाख ८९ हजार ४८० रुपैयाँ बरामद भएको क्षेत्रीले बताए ।

पक्राउ परेका समीको बारेमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?