+
+

ह्वावे क्लाउड अपरेटरहरूलाई कनेक्टिभिटीका फाइदाहरु उपलब्ध गराउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १५:३३

सेन्जेन । ह्वावे क्यारियर बीजी मार्केटिङ एन्ड सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले ह्वावे क्लाउड औद्योगिक क्षेत्रमा डिजिटल रूपान्तरणका लागि एक महत्वपूर्ण हिस्सा बन्दै गइरहेको बताएका छन् ।

चीनको सेन्जेनमा आयोजित वीन-वीन ह्वावे इनोभेसन वीकलाई सम्बोधन गर्दै अपरेटर क्लाउड रूपान्तरणका लागि कम्पनीको नयाँ योजनाबारे प्रष्ट पार्दै उनले यस्तो बताएका हुन् । क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्वपूर्ण भाग बनिरहेको र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुन: आकार दिने क्षमताको कारण अब एक प्रमुख आर्थिक कारक मानिने उनले बताए ।

नेटवर्क भ्यालु वृद्धि गर्न, सेवा इनोभेसनलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू प्राप्त गर्न टेलिकम सञ्चालनलाई अप्टिमाइज गर्न मद्दत गरेर यी परिवर्तनहरूलाई समर्थन गर्न ह्वावे उत्साहित भएको उनको भनाइ थियो ।

दूरसञ्चार उद्योगले आफ्नो क्लाउड रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको भन्दै उनले यसले परिणाम स्वरुप धेरै नयाँ अवसर र चुनौतीहरू ल्याएको बताए । १५ प्रतिशत अपरेटरहरूले २०२३ को अन्त्यसम्ममा व्यापक क्लाउड रणनीति विकास र पूर्ण रूपमा लागू गर्ने अपेक्षा गरिएको र जसको परिणाम स्वरूप दूरसञ्चार क्लाउड सयौं बिलियन डलरको बजार हुने उनले बताए । यस विस्तारलाई समर्थन गर्न र यी प्रविधिहरूले सिर्जना गरिरहेका नयाँ बजारहरूको फाइदा लिन अपरेटरहरूले थप कुशल र चुस्त आईसीटी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

अपरेटरहरूको क्लाउड रूपान्तरण सञ्चार प्रविधिमा आधारित हुनु पर्ने र अपरेटरहरूले दूरसञ्चार उद्योगको अद्वितीय शक्ति र क्लाउड रूपान्तरणको फाइदा लिँदै आफ्नो नेटवर्क र सेवाहरूको भ्यालु बढाउनु पर्ने उनले बताए ।

पेंगले क्लाउड रूपान्तरणमा सफल हुन र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन अपरेटरहरूले दूरसञ्चार उद्योगलाई गहिरिएर बुझ्ने र दूरसञ्चारको शक्तिको प्रयोग गर्न जान्नेहरूसँग रणनीतिक साझेदारी स्थापना गर्नु महत्त्वपूर्ण रहेको बताए ।

२०२१ को अन्त्यसम्म ह्वावेले क्लाउड सेवाहरूमा विश्वव्यापी रूपमा १२० भन्दा बढी अपरेटरहरूसँग व्यापक रूपमा काम गरिसकेको उनको भनाइ थियो । ह्वावेले आईसीटीमा थप लगानी गर्न र अपरेटरहरूको क्लाउड रूपान्तरणलाई गति दिन र कनेक्टिभिटीका फाइदाहरू उपलब्ध गराउन विश्वव्यापी रूपमा आफ्नो स्थानीयकृत सेवा क्षमताहरू प्रयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्तव्यका क्रममा सोंगले जोड दिएका मुख्य विषयको सम्पादित अंशः

पहिलो, नेटवर्क भ्यालुको सन्दर्भमा अपरेटरहरूले क्लाउडसँग नेटवर्क सीमाहरू विस्तार गर्न र बी२बी बजारमा नेटवर्क भ्यालु सुधार गर्न आवश्यक छ ताकि यी प्रगतिहरूले थप ग्राहकहरूलाई फाइदा पुर्‍याओस् । नेटवर्क भनेको अपरेटरहरूको मूल सम्पत्ति हुन् र अपरेटरहरूले यसको फाइदा लिन सक्छन् र क्लाउड रूपान्तरणलाई समन्वयात्मक रूपमा अगाडि बढाउन सक्छन् ।

चीनमा ह्वावेले नेटवर्क र एज क्लाउड क्षमताहरू प्रदान गर्दछ जसले अपरेटरहरूलाई आफ्ना इन्टरप्राइज ग्राहकहरूलाई उच्च उत्पादकताका लागि सोलुसनहरू प्रदान गर्न सक्षम बनाउँछ, उनीहरूको बजारलाई २५ प्रतिशतले विस्तार गर्दछ ।

दोस्रो, डिजिटल इनोभेसनको सन्दर्भमा, अपरेटरहरूले डिजिटल सेवा इनोभेसनका लागि क्लाउड प्लेटफर्महरू निर्माण गर्न आवश्यक छ जुन उनीहरूले नयाँ सेवाहरू अझ छिटो सुरु गर्न प्रयोग गर्न सक्छन् । टेलिकम सेवा र डिजिटल सेवाहरूलाई जोड्ने कोल्याबोरेटिभ क्लाउड प्लेटफर्महरूले इनोभेसनलाई थप गति दिन्छ र आफ्नो ग्राहक अधिग्रहण क्षमताहरूमा सुधार गर्दछ ।

युरोपमा ह्वावेले पहिले नै अपरेटरहरूलाई विकास वातावरण, परीक्षण वातावरण र सयौं सेवाहरू ह्वावे क्लाउड प्लेटफर्ममा माइग्रेट गर्न सहयोग गरिसकेको छ । यसले केही अपरेटरहरूलाई अजाइल विकास प्लेटफर्म र टेलिकम  पास क्षमताहरू प्रयोग गरेर नयाँ सेवाहरूको लागि बजार समय ७५ प्रतिशत कम गर्न मद्दत गरेको छ ।

तेस्रो, दूरसंचार सञ्चालनको सन्दर्भमा अपरेटरहरूले आफ्नो प्राथमिक व्यवसायको दीगो विकासलाई समर्थन गर्न टेलिकम उद्योगका लागि विशेष रूपमा डिजाइन गरिएको पूर्व-एकीकृत क्लाउड सोलुसनहरू प्रयोग गर्न आवश्यक छ । टेलिकम क्लाउड रूपान्तरणका लागि क्लाउड प्लेटफर्महरू आवश्यक पर्दछ जसमा अड्याप्टिभ टेलिकम सेवा आर्किटेक्चरहरूको डेटा सुरक्षा र व्यवस्थापन आवश्यकताहरू पूरा गर्न सक्षम डिस्ट्रिब्यूटेड आर्किटेक्चर छ । क्लाउड रूपान्तरणको रास्नल टाईम लाइन सेवाहरू क्लाउडमा मजबुत रूपमा माइग्रेट भएको सुनिश्चित गर्न पनि आवश्यक छ ।

एशियामा ह्वावेले विभिन्न प्रकारका अपरेटर सेवा र सुविधाहरू ह्यान्डल गर्न वितरित क्लाउडहरू प्रयोग गरेको छ र ५जी प्याकेजको मार्केटिङ सफलता दरलाई १८० प्रतिशतले सुधार गर्दै विभिन्न सेवाहरूको लागि कोरिलेटेड डेटा एनालाइसिस सञ्चालन गर्न ह्वावेको डिस्ट्रिब्युटेड डेटा लेक प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?