+
+

‘प्रेमगञ्ज’ ट्रेलर : सुरक्षा पन्त ‘न्यारेटर’ बनेको फिल्ममा दुई पुस्ताको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १५:५५

काठमाडौं । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आधिकारिक ट्रेलर रिलिज भएको छ । परिच्छेद सेनद्वारा लिखित तथा निर्देशित फिल्ममा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।

सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अलग पात्र र उनीहरुको उतारचढावपूर्ण प्रेम सम्बन्धलाई देखाइएको छ । बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको छ । दुई पुस्ताका कलाकारको प्रेम चित्रण गरिएको यो फिल्मलाई युवापुस्ताका दर्शकले रुचाउने विश्वास निर्माताले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?