+
+

टिकटक बनाउने क्रममा चिप्लिएर कुपिण्डे दहमा एक युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:४०

१० साउन, सुर्खेत । टिकटक बनाउँदा चिप्लिएर सल्यानको कुपिण्डे दहमा एक युवक बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –६, दाङका अन्दाजी ३७ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सल्यानको कपुरकोट घर भएका उनी हाल दाङ बस्दै अएका थिए । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी हिराबहादुर पाण्डेका अनुसार मंगलबार दिउँसो उनी साथीहरुसँग कुपिण्डे दहको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

‘खोजी कार्य जारी छ । अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन’, एसपी पाण्डेले भने ।

प्रहरीले खोजी कार्य जारी राखेपनि गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?