+
+

पाकिस्तानको पन्जाब प्रान्तमा इमरान खान नेतृत्वको पार्टीको सरकार बनाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते ७:४९

११ साउन, काठमाडौं । पाकिस्तानको पन्जाब प्रान्तमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको नेतृत्वको सरकार बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले गएराति पन्जाब प्रान्तमा पीटीआईका मुख्यमन्त्रीका प्रत्यासीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गर्न आदेश दिएको हो । यदि प्रदेश प्रमुखले यस्तो गर्न नमानेमा राष्ट्रपतिबाट मुख्यमन्त्री नियुक्त गर्न पनि सर्वोच्च अदालतले भनेको छ ।

यसै महिनाको १७ तारिखमा पाकिस्तानको पन्जाबमा भएको उपचुनावमा इमरान खान नेतृत्वको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई)ले शानदार जित हासिल गरेको थियो । पीटीआईले २० मध्ये १५ सिट जितेको थियो । चुनावको यो नतिजा अनुसार पन्जाबको मुख्यमन्त्री एवम् पीएमएल-एनका नेता हमजा शहबाज मुख्यमन्त्री पदबाट हट्ने निश्चित थियो । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका छोरा हुन् ।

त्यसअघि यी सबै २० सिटमा पीटीआईका प्रदेश सांसदहरु थिए । तर यसै वर्षको अप्रिलमा इमरान खान प्रधानमन्त्री पदबाट हटेपछि पन्जाबमा रहेको उनी नेतृत्वको पार्टीको सरकार पनि हटेको थियो । अप्रिलको अन्तिममा पन्जाबका तत्कालीन नेता तथा पीटीआईका नेता सरदार उस्मान बुजदारविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको थियो । तर पीटीआईका २० प्रदेश सभा सदस्यहरुले आफ्नो नेतालाई नै भोट दिएका थिएनन् । त्यसैले पन्जाबमा पूर्वप्रधानमन्त्री नवाज शरीफका छोरा हमजा शहबाज मुख्यमन्त्री बनेका थिए ।

त्यसपछि इमरान खानले देशको दलबदलसम्बन्धी कानुन अनुसार बागी प्रदेश सभा सदस्यहरुलाई अयोग्य घोषणा गर्न माग पाकिस्तानको निर्वाचन आयोगसमक्ष गरेका थिए । त्यसपछि निर्वाचन आयोगले पीटीआईकै पक्षमा निर्णय गर्दै ती सबै २० सदस्यहरुलाई अयोग्य घोषणा गरिदिएको थियो । साथै १७ जुलाईमा ती सिटहरूमा उपनिर्वाचन गराउने निर्णय पनि गरेको थियो ।

यस उपनिर्वाचनमा अयोग्य घोषित सबै २० जना पूर्वसांसदहरु चुनाव लडेका थिए । तर तीमध्ये केबल चार जनाले मात्र चुनाव जितेका थिए । एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । १५ सिटमा इमरान खानको पार्टी पीटीआईका उम्मेदवार विजयी भएका थिए । जबकि हमजा शहबाजलाई मुख्यमन्त्री पदबाट हटाउन पीटीआईलाई थप १२ सदस्य मात्र चाहिएको थियो । तर हमजा शहबाज मुख्यमन्त्री पदबाट नहटेपछि यो मुद्दा सर्वोच्चमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?