+
+

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:५३

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । आरजु स्वास्थ्य उपचारका क्रममा हाल नयाँदिल्लीमा छिन् ।

यसअघि गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?