 
																			७ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् ।
२१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उनी बैंकक जान लागेकी हुन् ।
‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4