+
+

साउन १६ देखि सम्पूर्ण फिल्म सुटिङ रोक्ने तेलुगू फिल्म निर्माताको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १३:४७

काठमाडौं । भारतको ठूलोमध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले आगामी अगस्ट १ देखि फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन् ।

कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो ।

हैदराबाद केन्द्रित यो फिल्म उद्योगको निर्माता संघ तेलुगू प्रोड्युसर्स गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायांकन कार्य रोक्ने जनाएको छ ।

छायांकन लागत र खर्चबारे आफूहरुको मुख्य चासो रहेको समेत विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीपछि मनोरञ्जन संसारको लागत परिस्थिति र खर्चको अवस्थामा परिवर्तन आएको उल्लेख छ ।

‘एकपटक सबै फिल्म निर्माताबीच गम्भीरतापूर्वक छलफल हुनु जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा अझै राम्रा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं । जबसम्म हामीले व्यावहारिक उपाय फेला पार्दैनौं ।’

कुन निर्माण संस्थाले यो निर्णयलाई पछ्याउँछन् थाहा छैन, तर यो निर्णयपछि महेश बाबु, जुनियर एनटीआर र प्रभासजस्ता कलाकारको आगामी फिल्मले ढिलाइको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

कोरोना महामारीपछि तेलुगू फिल्मले हिट फिल्महरु दिएको छ । यो सूचीमा ‘आरआरआर’ र ‘पुष्पा’ सामेल छन् । तर निर्माताहरु बदलिएको लागत र खर्चको ढाँचालाई लिएर चिन्तित छन् ।

यसअघि एक फिल्म निर्माताले पीटीआईसँग भनेका थिए, ‘आरआरआर, केजीएफ २ सहित अन्य एक-दुई फिल्मबाहेक थिएटर आम्दानी २० प्रतिशतको न्यूनतम बिन्दुमा झरेको छ । यसले उद्योगलाई नराम्रो असर परेको छ । यस्तो अवस्थामा सबैजना उद्योगको दिगोपनको बारेमा चिन्तित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?