+
+

एसपीपीका विषयमा परराष्ट्र मन्त्रीसँग जवाफ माग्नुपर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १५:४९

११ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो । र गृहमन्त्री बालकृष्ण खाँणले सरकारो निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको राष्ट्रिय सभा बैठकमा जानकारी गराएका थिए । तर परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिका पठाएको छैन ।

बुधबार सोही विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

उनले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताए ।

अनुचित शर्त राखेको आर्थिक सहयोग त लिन नहुने भन्दै अध्यक्ष नेपालले कुनै सैन्य सहयोग लिनेबारे त सोच्न पनि नसकिने बताए ।

‘कुनै पनि किसिमको सैन्य गठबन्धनमा कसैको पनि सुरक्षा घेराभित्र बस्न चाहदैन । नेपालले क्याटेगोरिकल्ली आफ्नो धारणा प्रष्ट रुपमा राख्नुपर्छ’ उनले भने ।

कुनै पनि देश आफ्नो सुरक्षा स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने सोच बाट मुक्त हुनुपर्ने अध्यक्ष नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?