
१२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।
बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।
नवप्रवर्तनका लागि पूँजी तथा व्यवसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरीवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।
वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाईसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ । यसअघि दुई पटक आवेदन माग भएकोमा खारेज भएको थियो ।
थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पुर्ण रूपमा विद्युतिय कारोबारमा अधारित बनाउने घोषणा पनि बोर्डले गरेको छ । नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि ल्याएको छ ।
बाेर्डका कर्मचारी मनाेबल उच्च बनाउन कर्मचारीका लागि कर्मचारी सवारी सुविधा याेजना तर्जुमा गरी लागू गर्ने नीति पनि बोर्डको छ । नेपाल धिताेपत्र बाेर्ड कर्मचारी सेवा शर्त नियममवलीलाई समयानुकुल बनाउने र बाेर्ड पदाधिकारीहरूकाे आचारसंहितालाई पुनरावलाेकन गरी सामयिक बनाइने बाेर्डकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया 4