+
+

काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ७:२१

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो ।

फाहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न महानगरपालिकाले अनुरोध गरेको थियो ।

महानगरपालिकाले बुधबार जारी गरेको सूचनामा लेखिए अनुसार बञ्चरेडाँडासम्म पुग्ने सडक निर्माणको काम सकिएको छ । त्यसैले आजदेखि फोहर उठाउन सुरु गरिने छ ।

एक हप्तासम्म फोहोर संकलन नहुँदा काठमाडौंका चोक र सडकहरुमा फोहोर थुपि्रएको छ । ती फोहोरले दुर्गन्ध फैलिएको छ । वषर्ा पनि भइरहेकाले फोहोरबाट लिचेट बगेकाले त्यसले विभिन्न रोगको संक्रमणको पनि जोखिम बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?