+
+

लुम्बिनीका ४ विषयगत समितिले डेढ वर्षपछि पाए नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ९:११

१२ साउन, बुटवल । सरकार फेरबदल र राजनीतिक खिचातानीले रिक्त रहेका लुम्बिनीका चार विषयगत समितिले डेढ वर्षपछि पूर्णता पाएको छ ।

गत वर्ष साउन २८ मा सरकार परिवर्तनसँगै नेतृत्वविहीन बनेको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका बिष्णु पन्थी निर्वाचित भएका छन् ।

शंकर पोखरेल नेतृत्वको सरकारका पालामा लेखा समिति सभापति नेपाली कांग्रेसका डिल्ली चौधरी थिए ।

लेखा समिति सभापतिमा निर्वाचित पन्थी शंर पोखरेल नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रीका दावेदार थिए । तर पार्टीमा माधवकुमार नेपाल खेमामा खुलेर लागेकाले उनी मन्त्री बन्न पाएका थिएनन् । पार्टी विभाजनमा भने उनले नेपाललाई साथ दिएनन् ।

समितिको सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गिता थापा सदस्य छन् ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा सभापति राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । ्प्र

देश सभामा एक सिट मात्र रहेको राष्ट्रिय जनमोर्चाकी जीसीलाई सभापति बनाउन सत्तारुढ दलहरु नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपा र एकीकृत समाजवादीको समर्थन थियो ।

बुधबार प्रदेशसभामा समितिको नेतृत्वका लागि एकल उम्मेदारी परेपछि उनीहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समिति सदस्यहरुमा थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन् ।

कृषि वन तथा बातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल अष्टभुजा पाठक, रुन्दावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?