+
+

पशुपति क्षेत्रमा धार्मिक वृक्ष उद्यान बनाउन ‘एक भक्त, एक वृक्षरोपण’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते ११:२७

१२ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् ।

पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे ।

मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री श्रेष्ठले रोपेका बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए ।

पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइनेछ ।

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिलाले उक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरे ।

कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) तथा कोषका पदाधिकारीहरुले वृक्षारोपण गरेका थिए ।

वृक्षरोपण अभियान निरन्तर संचालन हुने कोषले जनाएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षारोपण अभियानलाई समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?