+
+
जनार्दनमाथि छानबिन :

पार्टी नेतृत्वको सुझाव लिएर प्रतिवेदन लेख्न जुटे विशेष समितिका सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १७:०९

१२ साउन, कामाडौं । प्रमुख पार्टीका शीर्ष नेताहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सहमतिमै तयार गर्न संसदीय विशेष समितिका सदस्यहरुलाई सुझाव दिएका छन ।

बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले छानबिनका लागि ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको थपिएको ७ दिनको समय पनि बिहीबार सकिँदैछ ।

समय सकिनुअघि समिति सदस्यहरुले आ-आफ्ना पार्टीका शीर्ष नेताहरुसँग सुझाव लिएका थिए । नेपाली कांग्रेसका सांसदहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य केही नेताहरुसँग सुझाव लिए ।

नेकपा एमालेका सांसदहरुले मंगलबार राति १० बजेसम्मै अध्यक्ष केपी ओली निवास वालकोटमा पुगेर छलफल गरेका थिए । बुधबार र बिहीबार बिहान पनि विशेष समितिमा रहेका एमाले सांसदहरुले ओलीसँग टेलिफोनमा संवाद गरेका छन् भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग सुझाव लिएका छन ।

नेकपा माओवादी केन्द्रका तर्फबाट समितिमा रहेका सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संगै संवाद गरेका छन ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादीका तर्फबाट समितिमा रहेका सदस्यहरुले पनि आ–आफ्ना पार्टीका नेतृत्वसँग सुझाव लिएका छन् ।

सबै सदस्यहरुले आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसंगको संवादमा सुझाव खण्डमा देखा परेको विवाद र लेख्न सकिने भाषाको विषयमा सुझाव मागेका थिए । त्यस क्रममा सबैले सहमतिमा सुझाव लेख्नु भन्ने आग्रह गरि पठाएको रिपोर्टिङ विशेष समितिको बैठकमा गरेका विशेष समिति स्रोतले बताएको छ ।

बुधबारको बैठकमा निष्कर्ष खण्डमा पुगेर रोकिएको प्रतिवेदन लेखन बिहीबार दिउँसो २ बजे पछि सुरु भएको छ । बैठकको सुरुमा ‘सांसदहरुले शीर्ष नेतासंग गर्ने भनिएको छलफल’ गरिएको र सहमतिमा प्रतिवेदन तयार गर्न भनिएको बताएका हुन ।

विशेष समितिको बैठक सिंहदरबारमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?