+
+

एक हजार चोरेको रिसमा पत्नीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १९:१२

१२ साउन, बुटवल । रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् ।

राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यमबहादुरलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?